धार्मिक साम्प्रादायिक विकृतिलाई न्यूनीकरण गर्ने पत्रकारहरुको भूमिका 

.

 

धरान – “उत्पीडित जनसमुदायसम्मको पहँचमा हाम्रो सुदृढ पत्रकारिता” भन्ने मुल नाराका साथ धरानमा सञ्चालित एक हप्ते व्यवहारिक अभ्याससहित प्रभावकारी पत्रकारिता तालिम चौथो दिन सम्पन्न भएको छ ।

 

तालिम धरानबाट प्रकाशित जनप्रिय पत्रिका प्रबोध साप्ताहिक पत्रिका र चिसेफायू मिडियाको संयुक्त आयोजनामा तालिम सञ्चालन भईरहेको छ । तालिममा हालै नवनिर्वाचित सुनुवार सेवा समाज सुनसरी र नेवाः देय दबू धरानको कार्यसमितिका पदाधिकारीहरुसँग परिचयात्मक भेटघाट कार्यक्रम भएको छ । सुनुवार सेवा समाज सुनसरीका नवनिर्वाचित अध्यक्ष टार्जन सुनुवारले नेपालमा मात्र नभई संसारमा नै उत्पीडित जाति, समुदायको आवाज बोलिदिने नभएको बताए । उनले तालिमले यसको परिपूर्ति गर्ने बताएका छन् ।

 

भेटघाट कार्यक्रममा नेवाः देय दबू धरानका नवनिर्वाचित अध्यक्ष मनोहर शाक्यले अरु हतियार भन्दा कलमले आदिवासी, जनजातिको अभियानलाई बलियो बनाउने बताए । अन्य समुदायका पत्रकारले आदिवासी, जनजातिलाई हेर्ने दृष्टिकोण गलत रहेको बताए । तालिम लिईरहेका प्रशिक्षर्थी पत्रकारहरुले धार्मिक साम्प्रादायिक विकृतिलाई न्यूनीकरण गर्ने दिशामा भूमिका निर्वाह गर्नु पर्ने बताए । सुनुवार सेवा समाज सुनसरीको नयाँ कार्यसमितिको उपाध्यक्ष पेसल सुनुवार, सचिव भुपाल सुनुवार, सह–सचिव सर्मिला सुनुवार र कोषाध्यक्ष शम्भु सुनुवार रहेका छन् । सदस्यहरु गुमबहादुर सुनुवार, टिकामाया सुनुवार, प्रेया सुनुवार, रोशन सुनुवार र नोयल सुनुवार रहेका छन् ।

 

समाजको तेस्रो जिल्ला अधिवेशन फागुन १४ गते धरानमा सम्पन्न भएको थियो । फागुन १३ गते धरान ३ मा रहेको धुलिखेल समाजको भवनमा दबूको दोस्रो अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले दबूको वरिष्ठ उपाध्यक्ष अमृत श्रेष्ठ, उपाध्यक्ष प्रदिपकुमार श्रेष्ठ, सल्मा जोशी, सचिव विनिता बज्राचार्य, सह–सचिव दिपेन्द्र श्रेष्ठ र कोषाध्यक्ष विमला श्रेष्ठ रहेका छन् । दबूको कार्यसमिति सदस्यहरुमा सुजता श्रेष्ठ, सुवर्णमोहन पलिखे, याशोदा कायस्थ, हरिकृष्ण श्रेष्ठ, अनिसकुमार तुलाधर, लिलाबहादुर प्रधान, अभिमान्यू श्रेष्ठ र हेमा श्रेष्ठ रहेका छन् । भेटघाट तथा परिचायत्मक कार्यक्रममा दुवै समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा प्रबोध साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक गणेशकुमारी राईले स्वागत मन्तव्य राखेकी थिईन् । कार्यक्रममा प्रशिक्षर्थीहरु नाम्जा भोटेले गीत प्रस्तुत गरेका थिए । दिभ्य राई, वन्दना राना मगरले कविता सुनाएका थिए । प्रशिक्षर्थीहरु सीता राई, नवराज सुनुवारले अनुभुति राखेका थिए । दबूका उपाध्यक्ष प्रदिपकुमार श्रेष्ठले समेत कार्यक्रममा गीत प्रस्तुत गरेका थिए । चौथो दिनको तालिममा लम्जेल सङ्घर्षशील प्रशिक्षक रहेका थिए । भेटघाट तथा परिचयात्मक कार्यक्रम निमा पोङ्स्यूवाले सञ्चालन गरेका थिए । कार्यक्रम जमुना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

दीपेन्द्र श्रेष्ठ , धरान