प्रचण्डको मुद्दा ‘संयुक्त इजलास’मा

.

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई गरेको कारबाही सदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट संयुक्त इजलास पठाइएको छ ।

बिहिबार न्यायाधीशत्रय दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्ण इजलासमा पेसी चढेको सो मुद्दालाई संयुक्त इजलासमा पठाइएको हो । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादीले स्थानीय तहका केही जनप्रतिनिधिलाई कारबाही गरेको थियो।

पार्टीले कारबाही गरेपछि निर्वाचन आयोगले उनीहरुको पद रिक्त गरेको थियो। आफूलाई कारबाही गरिएको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरुले सर्वोच्चमा मुद्दा दायर गरेपछि ती निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनीहरुलाई कामकाज गर्नबाट नरोक्न अन्तरिम आदेश जारी गरेको थियो। सो आदेश खारेजको माग गर्दै प्रचण्डले सर्वोच्चमा रिट दायर गरेका थिए।