काठमाडाैं – नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच बुधवार भेटवार्ता भएको छ ।
संसदबाट एमसीसी पास भएपछि पार्टीमा असन्तुष्टि राख्दै आएका श्रेष्ठलाई भेट्न विप्लव बुधवार बिहान श्रेष्ठ निवास हात्तीवन पुगेका थिए ।
उनीहरूबीच एमसीसी अनुमोदनको विषयमा छलफल भएको बताइएको छ । मंगलवार माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि श्रेष्ठलाई भेट्न हात्तीवन पुगेका थिए ।