काठमाडाैं – राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ७८ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
शेरचन राप्रपाको संस्थापक नेता एवं तत्कालीन राप्रपा नेपालका महामन्त्री हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताएका छन् ।
पूर्वमन्त्री, राप्रपाका नेता, तत्कालीन राप्रपा नेपालका महामन्त्री गणेश शेरचनको निधनको समाचारले स्तब्ध र दुःखी छु । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु,’ लिङ्देनले फेसबुकमा लेखेका छन् ।