काठमाडौं – काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।
चिकित्सा शिक्षा आयोगले तोकिएकोभन्दा मेडिकल कलेजहरुले बढी शुल्क लिन थालेपछि शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा सहभागी हुन पुगेका शर्मालाई बैठकबाट बाहिरिने क्रममा सोही कलेजमा अध्ययनरत आन्दोलनरत विद्यार्थीले कालोमोसो दलेका हुन् ।
कालोमोसो दल्ने ५ विद्यार्थीलाई भने प्रहरीले नियन्त्रणमा लिएकाे छ । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका ती विद्यार्थीलाई तत्काल रिहाइको मागसमेत गरिएको छ ।