वामपन्थी नेता कृष्णराज बर्माको निधन

.

काठमाडौं-वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । ९३ वर्षको उमेरमा बर्माको आइतबार साँज उपचारको क्रममा निधन भएको हो । 

 

स्वास्थ्यमा समस्या आएपछि बर्मालाई ओम अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट उनलाई बुधबार ह्याम्स अस्पताल लगिएको थियो ।  उनको छातीमा इन्फेक्सन भएको थियो ।

 

उनी २००७ सालको राणा विरोधी आन्दोलनमा सामेल भएका थिए।  उनकै नेतृत्वमा वाम घटकहरू २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए ।