काठमाडौं -राज्यका प्रमुख ठाउँमा महिलाहरु पुगेको भएपनि नेतृत्व विकास हुन नसकेको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बताइन । महिला सुरक्षा दवाव समुहद्धारा ११२ आंै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सहभागीले मात्रै महिला समक्ष भए भन्न नमिल्ले तर्क गरिन।
त्यसैगरि काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले महिलाहरु नेतृत्वमा पुग्दा समेत महिलाहरुको नेतृत्वलाई अझै सहज रुपमा स्वीकार गर्न नसेको दुखेसो पोखिन । महिला अधिकारको कुरा गर्दा काठमाडौंलाई हेरेर मात्र नहुने भन्दै गाउँघर र दुरदराजका समस्याहरुलाई समेत सरकारले प्रथमिकतामा राख्नु पर्नेमा जोड दिइन् । उपमेयर खड्कीले अब गृहणीहरुलाई समेत भत्ताको व्यवस्था गरिनु पर्ने माग गरिन ।
समुहको संस्थापक सदस्य दुर्गा घिमिरेले ११२ वर्ष अघिबाट सुरु भएको आन्दोलनले निकै उपलब्धि हासिल भएको बताइन । राजनीतिमा महिलाहरूको संख्यात्मकवृद्धी भए पनि गुणात्मक रुपमा अगाडी बढ्नु आजको आवश्यकता भएको उनको भनाई छ ।
त्यसैगरि समुहको संस्थागत सदस्य तथा निवर्तमान अध्यक्ष सावित्री थापाले आज पनि महिला अधिकार पुर्णरुपमा सशक्त हुन नसकेको बताइन । आज महिलाहरुको जुन प्रकारको सहभागी भएको छ, त्यसमा दवाव समुहको योगदान महत्वपुर्ण रहेको उनले बताईन ।
उता प्रतिनिधिसभा सदस्य अमृता अग्रहरीले महिलाहरुमा चेतनाको अभाव रहेको बताइन । शिक्षा सबैको पहुँचमा पुग्न नसक्नु गम्भीर रहेको उनको तर्क छ । उनले राजनीतिक दलहरुले महिलाहरुलाई नेतृत्वलाई सहज रुपमा लिन नसकेको दुखेसो समेत पोखिन ।
त्यसैगरि कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य जयन्ती राईले हिजोका दिनमा महिला दिदिबहिनीहरुको योगदान उल्लेखनीय रहेको बताइन । अधिकारको कुरा गर्दा आज महिलाहरू लिने मात्र नभई दिने ठाउँमा पनि पुगेको राईको भनाई छ ।
माओवादी केन्द्रकी नेतृ अमृता थापाले महिला अघिकार प्राप्तिका लागि धेरै महिलाहरुको संघर्ष र योगदान रहेका स्मरण गर्दै त्यसलाई जोगाउनु आजको प्रमुख आवश्यकता रहेको बताइन ।
त्यस्तै प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले महिला अधिकार प्राप्तीको आन्दोलन अझै जारी रहेको बताइन ।
यस्तै सासंद पुष्पा भुषालले पालिकाहरुमा महिलाहरुको सहभागीता सन्तोषजनक नभएको भन्दै त्यसलाई बढाउनु पर्ने बताइन ।
कार्यक्रमको समापन गर्दै दवाव समुहकी अध्यक्ष कल्याणी शाहले महिला अधिकारको आन्दोलनमा सबैको समान सहभागीता रहनु पर्ने बताइन् ।
त्यस्तै दवाव समुहकै महासचिव विजय श्रेष्ठ केसीले २०७४ को स्थानीय तहको चुनावमा महिलाहरु नेतृत्व तहमा कम सहभागीता भएको बताइन । देश चुनाव संघारमा रहेको अवस्थामा स्थानीय तहको चुनावमा महिलाहरुको सहभागी अझै बढाउनुपर्ने जोड दिइन ।