धरान प्रवेशद्धारमा सिसि क्यामरा

.

धरान  -धरान प्रवेशद्धार विश्वकर्मा मन्दिर अघि जंगल क्षेत्रको सडकलाई सिसि क्यामेराले निगरानी गर्ने भएकोछ । बुधबार पूर्वाञ्चल यातायात व्यवसायी र कोशी बस व्यवसायी संघले दुइवटा सिसि क्यामेरा जडान गरिदिए पछि उक्त सडकको निगरानी हुने भएको हो ।

करिव ५० हजार रुपैया लागत रहेको दश एक्स जुमको आइपी क्यामेराले मन्दिरदेखि दक्षिण र उत्तर तर्फको निगरानी गर्ने छ भने त्यसको कन्ट्रोल जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले गर्नेछ । सडक दुर्घटनाको अनुसन्धान र अपराध नियन्त्रणमा सहयो पु¥याउने उदेश्यले दुइवटा व्यवसायी संघहरु मिले सिसि क्यामेरा जडान गरिएको पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठले बताउनुभयो ।

सिसि क्यामेरा जडान भएपछि ट्राफिक व्यवस्थापनसंगै सडक दुर्घटना न्युनिकरण र अनुसन्धानको काममा सहजता आउने जिल्ला ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले बताउनुभयो । सिसि क्यामेरा जडानका क्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, धरान उपमहानगरका उपप्रमुख आइन्द्रविक्रम बेघा, धारन ८ का अध्यक्ष धनबहादुर राई, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रकास जबेगुको उपस्थिति थियो ।