रामेछाप जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सीताराम कार्की नियुक्त

.

काठमडौं-नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटी अध्यक्ष सीताराम कार्की रामेछाप जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्त भएका छन् ।

बागमती प्रदेश खेलकुद विकास परिषद्ले सोमबार कार्कीलाई रामेछाप जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको हो ।

प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ को उपदफा १ तथा प्रदेश खेलकुद विकास नियमावली २०७६ (संशोधनसहित)को नियम ३ को उपनियम १ (क)मा भएको व्यवस्थाबमोजिम चार वर्षको लागि कार्कीलाई अध्यक्ष नियुक्त गरिएको जनाएको छ।