काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १०९२ जनामा परीक्षण गर्दा २२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, कोरोना संक्रमणबाट थप व्यक्तिको मृत्यु भएको छैन भने २५१ कोभिडमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ५ हजार ६९२ रहेको छ ।