नेपाली लेखक संघ महासचिवमा घनेन्द्रले गरे उम्मेदवारी घोषणा

.

काठमाडौं– लोकतान्त्रिक लेखक स्रष्टाहरूको साझा संस्था नेपाली लेखक संघको महासचिवमा घनेन्द्र ओझाले उम्मेदवारी घोषणा गरेका छन् ।

 

 

संघले ६ वर्षपछि सातौँ राष्ट्रिय अधिवेशन गर्दैछ ।  आगामी १८ देखि १९ चैतमा पोखरामा संघको सातौँ राष्ट्रिय अधिवेशन हुँदैछ । संघका केन्द्रीय सचिवसमेत रहेका ओझा अखबारी लेखन, पत्रकारिता, साहित्य लेखन र साहित्य अभियानमा सक्रिय छन् ।

 

 

अधिवेशन आउन २२ दिन बाँकी रहँदा हालसम्म महासचिवमा मात्र ओझाको उम्मेदवारी घोषणा भएको हो । अन्य पदमा उम्मेदवारी घोषणा भइसकेको छैन ।

 

 

ओझाले उम्मेदवारी घोषणा गर्दै आफूले समग्र लोकतान्त्रिक लेखक, स्रष्टालाई ससम्मान समेटेर लैजाने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्, ‘लामो समय निश्क्रियप्राय: बनेको संस्थालाई पुनर्जीवन दिनु चुनौतीपूर्ण छ तर सम्भव छ, यो काम मैले गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’