काठमाडौं । ट्राफिक प्रहरी बृत्त स्वयम्भूले दुई पांग्रे सवारीसाधन दुर्घटना न्युनिकरण अभियान सञ्चालन गरेकाे छ । काठमाडौंको सितापाईला चाेक स्थित ट्राफिक प्रहरी बृत्त स्वयम्भू कार्यालयले दुई पांग्रे सवारी चालकसँग सडकमै सचेतनामूलक कार्यक्रम गरेकाे हाे।
कार्यालयले सडकमै दुई पांग्रे सवारी चालकलाई ट्राफिक नियमसँग सम्बन्धित विषयमा सचेतनामूलक कार्यक्रम गरिएकाे ट्राफिक प्रहरी बृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव निरिक्षक दिवाकर महतले बताए । स्वयम्भू ट्राफिक प्रमुख महतका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथ काठमाडौंवाट प्राप्त निर्देशन अनुसार दुई पांग्रे सवारी चालकहरू संग दुई मिनेट कार्यक्रम सञ्चालन गरिएकाे हाे ।
सवारी साधन चलाउदा माेवाईल फाेनकाे प्रयाेग नगराैं,मापसे र लापसे गरि सवारीसाधन नचलाऔं, ट्राफिक बत्ती वा संकेतकाे पालना गराैं,लेन अनुशासनकाे पालना गराैं,तिव्र गतिमा सवारीसाधन नचलाऔ , अनावश्यक हर्नकाे प्रयाेग नगराै भने लगायतका ट्राफिक नियम सम्बन्ध चालकहरूलाई सचेत गराईएकाे साथै हेल्मेट लगाउने सहि तरिका समेतकाे जानकारी गराएका छाै , प्रहरी नायव निरीक्षक महतले भने ।
” उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंमा कार्यालय प्रमुखको रूपमा प्रहरी बरिस्ठ उपरीक्षक विनाेद घिमिरे हाजिर भएकाे दिनबाटनै उनले नाे हर्न,लेन अनुशासन र सवारी प्रदुशन सम्बन्धि सराेकारवाला निकायहरू संग आवश्यक समन्वय तथा सहकार्य गरि आफ्ना कर्माचारीहरूलाई समेत सहभागी गराई ट्राफिक नियम सम्बन्धि सचेत गर्नेमा जाेड दिएकाे बताए । उनका अनुसार सवारी दुर्घटना न्युनिकरण गर्न सवारीसाधन चालकलाई कारबाहीकाे दायरामा ल्याउनु भन्दा पनि विभिन्न सचेतना मार्फत कार्य गरिने बताए । कार्यक्रम अन्तर्गत करिव ३४ सय दुई पांग्रे सवारीसाधनका चालकहरूलाई प्रशिक्षण गराईएकाे थियाे ।