काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष कृष्णहरी केसीलाई संघको प्रवक्ताको जिम्मेवारी दिएको छ ।
बुधवार बसेको केन्द्रिय कमिटि बैठकले उपाध्यक्ष केसीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । केसी युवा संघको वडा पालिका जिल्ला अञ्चल प्रदेश हुँदै केन्द्रीय सदस्य हुँदै केन्द्रिय उपाध्यक्ष समेत भइसक्नु भएको छ ।