थप ७३ जनामा कोरोना पुष्टि, १९२ जना संक्रमणमुक्त

.

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६२ जनामा परीक्षण गर्दा ७३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

 

 

त्यस्तै, आज कोरोना संक्रमणबाट थप कुनै पनि व्यक्तिको मृत्यु भएको खबर छैन भने १९२ कोभिडमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ५ हजार ५० रहेको छ ।