दलित समुदायमाथि जघन्य अपराधका घटना बढ्योः भुवनबहादुर सुनार

.

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायमाथि जघन्य अपराधका घटना बढिरहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका विभिन्न भागमा दलित समुदायमाथि अत्याचार हुँदा पनि समाज र राजनीतिक पार्टीहरु मुकदर्शक बनेको आरोप लगाउनु भयो । दलित समुदायमाथि भएका बलात्कार र हत्याका घटनाले वर्षौसम्म पनि न्याय पाउन नसकेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पँधेरोमा छोइछिटो ग¥यो भनेर मोना सार्कीलाई कुटेर मारिएको छ, बोक्सीको आरोपमा काभ्रेमा दलितलाई कोटेर हत्या गरिएको छ । दैलेखमा सेते दमाईलाई छोराले अन्तरजातीय विवाह ग¥यो भनेर निर्दोष बाउलाई कुटेर मारिएको छ । हाम्रो समाज के भएछ ? हाम्रा राजनीतिक पार्टीहरु के भएछन् ।’
उहाँले समाजमा विभेद घटेको छ कि बढेको छ ? भन्दै सरकारलाई प्रश्न गर्नुभयो । –न्युज एजेन्सी नेपाल