वागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम भएको बताउनुभएको छ ।
नेपाल औषधि व्यवसायी सङ्घ ललितपुर शाखाको चौथो तथा पाँचौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सङ्घीय सरकारले प्रदेश सरकारलाई आवश्यक कानून बनाएर नदिँदा जनतासामु प्रदेश सरकारको उपस्थिति कमजोर देखिएको बताउनु भयो । उहाँले सङ्घ सरकारले ऐन नबाएसम्म प्रदेशहरूले ऐन बनाएर कार्यान्वयन गर्न अवस्था नरहेको समेत स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य क्षेत्र जनतालाई प्रदेश सरकारको उपस्थिति देखाउने क्षेत्र हो । तर, अहिले पनि हामी प्रदेश सरकार आवश्यक छ र ? भन्छौँ । प्रदेश सरकार कहाँ छ र भन्छौँ । खासमा यसको पछाडिको कारण सङ्घीय सरकारले प्रदेश सरकारलाई संविधानले दिएको अधिकारबमोजिम कानुन बनाएर दिएको अवस्था छैन । सङ्घले ऐन नबाएसम्म प्रदेशहरू ऐन बनाएर कार्यान्वयन गर्न सकिँदैन ।”
प्रदेश सभा सदस्य चित्रकारले विभिन्न पेशा देखिएका समस्याहरूलाई समाधान गर्नको लागि प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउनु भयो । उहाँले एकले अर्कोलाई आलोचना गरेर भन्दा समन्वय गरेर समस्याको पहिचान गरी समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको लागत मूल्य घटाउनको लागि लागि परेको बताउनु भयो । उहाँले कुनै कुनै औषधिमा खुद्रा विक्रेताले एक सय १५० प्रतिशतसम्म मार्क अप लिएको बताउँदै यो उचित नभएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “मूल्यमा हामीले ध्यान दिनुपर्छ । हामीले त्यो लागत मूल्य घटाउनको लागि प्रयास गरेको हो । हाम्रो समाधान भएको एउटा इस्यू आजको समयमा पनि छ । मैले एउटा प्रोडक्टमा के सम्म पाए भने, खुद्रा बिक्रेताले १५० प्रतिशतसम्म मार्क अप लिने । त्यो उचित छ ? यसमा सबैले मनन गर्नुप¥यो ।”
महानिर्देशक ढकालले सुधारात्मक कुरामा सहयोग आवश्यक भएको भन्दै यो व्यक्तिको नभई सबैको फाइदाको लागि कुरा उठाइएको बताउनु भयो । – न्युज एजेन्सी नेपाल