नेपाली उत्पादनलाई प्रोत्साहन गरौँः उपप्रधानमन्त्री सिंह

.

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंको लाजिम्पाटमा लेमिनार टायलसको सोरुम उद्घाटन गर्दै उहाँले नेपाली उत्पादनको प्रयोग बढाउन आग्रह गर्नुभएको हो । उहाँले पूर्वाधार विकास गर्दा, बिल्डिङ्स, अस्पताल, होटल, रेष्टुरेण्ट बनाउँदा र निजी घरहरु बनाउँदा नेपालमै उत्पादित भेरिफाइड टायलको प्रयोग गर्न आग्रह गर्नुभयो । लेमिनार टायल नेपालको बर्दियामा बन्ने गरेको र यो नेपाली उत्पादन भएकाले गुणस्तरीय रहेको उहाँको भनाइ छ । सार्वजनिक स्थलहरुमा यसको प्रयोग बढाउनुपर्ने बताउनु भयो । यसले नेपालको अर्थतन्त्र अघि बढाउन मद्दत पुग्ने उहाँको विश्वास छ ।
उहाँले भन्नुभयो, ‘हामीले पूर्वाधार विकास गर्दा, बिल्डिङ्स बनाउँदा, हस्पिटल बनाउँदा, होटेल बनाउँदा, रेष्टुरेण्ट र निजी घरहरु बनाउँदा यो भेरिफाइड टायल्स प्रयोग गर्नुभएको छ । यो नेपालमै बनेको हो । बर्दियामा बनेको हो । यसको बढी भन्दा बढी सदुपयोग गरेर अब बन्ने नयाँ बिल्डिङ्सहरुमा, सार्वजनिक स्थलहरुमा यसको प्रयोग गरेर अघि बढाउनुपर्छ । नेपालको अर्थतन्त्र अघि बढाउन यस्तै सामग्रीहरुः जो स्वदेशमै उत्पादन हुन्छ, त्यसको प्रयोग गर्दा राम्रो हुन्छ ।’

कार्यक्रममा लुम्बिनी सेरामेक्सका प्रतिनिधि सुव्रत धितालले लेमिनार टायलले कम पानी सोस्ने बताउनु भयो । टायलले जति थोरै पानी सोस्छ त्यत्ति नै धेरै राम्रो मानिने बतउनु भयो । गुणस्तरको हिसावले नेपालमा नम्बर वान रहेको उहाँको भनाइ छ । सबै किसिमको सर्फेसलाई कभर गर्ने गरेर टायलहरु उत्पादन गरी नेपाली बजारमा ल्याएको उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘टायलले जति कम पानी सोस्छ, त्यत्ति नै उत्तम क्वालिटीको हुन्छ । त्यो वर्गीकरणमा नम्बर वान छ । गुणस्तरको हिसावले सबैभन्दा टिकाउ र बलियो छ । दाग नलाग्ने छ । सबै किसिमको सर्फेसलाई कभर गर्ने गरेर टायलहरु उत्पादन गरी नेपाली बजारमा ल्याएका छौँ ।’

सबै किसिमको सर्फेसलाई कभर गर्ने गरेर उत्पादन गरिएका टायलहरु अहिलेसम्म भारत लगायत अन्य देशहरुबाट आउने गरेकोमा अब नेपालमै उत्पादन भएको टायल प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । —न्युज एजेन्सी नेपाल