पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना पुष्टि

.

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ३ हजार ७८० पीसीआर परीक्षणमा १५ जना र १ हजार ४४२ एन्टीजेन परीक्षणमा ८ जना गरी २३ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

त्यस्तै, आज कोरोना संक्रमणबाट थप व्यक्तिको मृत्यु भएको खबर छैन भने २१५ जना संक्रमणमुक्त भएका छन् ।  हाल मुलुकमा सक्रिय संक्रमितको संख्या १ हजार ५५८ रहेको छ ।