ढुङ्गाना प्रतिष्ठान नेपालको अध्यक्षमा जनक राज

.

 काठमाडौं – ढुङ्गाना प्रतिष्ठान नेपालको अध्यक्ष जनक राज ढुङ्गाना निर्वाचित हुनुभएको छ ।

 

 

प्रतिष्ठानको दशौं र एघारौ चुनवसहितको साधारणसभाबाट जनक राज ढुङ्गाना अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा भिमानन्द ढुङ्गाना, महासचिवमा शेर बहादुर ढुङ्गाना, सचिवमा संजय ढुङ्गाना, कोषाध्यक्षमा सुदर्शन ढुङ्गाना र सह कोषाध्यक्षमा राधा चालिसे ढुङ्गाना निर्विरोध निर्वाचित हुनुभएको छ।

 

निर्वाचित सम्पुर्ण सदस्यहरुलाई निर्वाचन अधिकृत टेक प्रसाद ढुङ्गानाले शनिबार शपथग्रहण गराउनुभयो । साधारणसभामा प्रतिष्ठानका कोषाध्यक्ष सुदर्शन ढुङ्गानाले प्रस्तुत गर्नुभएको लेखा परीक्षण गरिएकोआयव्यय सभाबाट पास गरिएको थियो । उक्त सभालाई सभा अध्यक्ष जनक राज ढुङ्गानाले प्रमुख अतिथि आनन्द प्रसाद ढुङ्गाना, विशिष्ट अतिथि दमननाथ ढुङ्गाना तथा संरक्षक, सल्लाहकार, केन्द्रिय समितिका पदाधकारीहरु, विभिन्न समितिका पदाधिकरी, उपस्थित सातै प्रदेशका प्रतिनिधि तथा उपस्थित सम्पूर्ण बन्धुहरूलाई स्वागत गर्दै धन्यवाद दिँदै प्रतिष्ठानका कार्यहरूबारे जानकारी गराउनु भयो ।

 

स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष भिमानन्द ढुङ्गानाले गर्नुभएको थियो । उपस्थित सम्पूर्ण विशिष्ट अतिथिहरुले आआफ्नो मन्तव्य व्क्त गर्दै प्रतिष्ठानले आगामी दिनहरुमा ढुङ्गानाहरूको हकहितका लागि सदैव लागि रहने विश्वास व्यक्त गर्नुभएको थियो। १ न प्रदेश बाट निर्वाचित उपाध्यक्ष श्रीराम प्रसाद ढुङ्गाना तथा सदस्य खग राज ढुङ्गानालाई केन्द्रीय अध्यक्ष जनक राज ढुङ्गानाले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव शेरबहादुर ढुङ्गानाले गर्नुभएको थियो। सभामा उपस्थीत हुन असमर्थ बन्धुहरुको लागि जुमबाट लाइभ हेर्न सकिने व्यवस्था गरिएको थियो । उक्त साधारणसभाको लाइभको लागि सपोर्ट सचिव सञ्जय ढुङ्गानाले गर्नुभएको थियो ।