पुनः सबै समितिको पुनःविचारका लागि आग्रह गरौँ, नत्र अरुको अपमान नगर्नुस्ः सभापति पोखरेल

.

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सभापति खानकै लागि मात्रै आफू सभापति नबनेको बताउनुभएको छ ।

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले तत्कालीन समयमा राजनीतिक सहमतिका आधारमा निर्णय गर्दा आफूले सार्वजनिक लेखा समितिको जिममेवारी पाएको बताउनुभएको हो । उहाँले त्यसमा असन्तुष्टि भएको भए सबै जिम्मेवार बनेर संसलाई पुनः सबै समितिको पुनःविचार गर्न आग्रह गर्नुपर्ने बताउनु भयो । उहाँले समितिको बैठकबाटै राजनीतिक सहमति पुनः गरौँ भनेर निर्णइ गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सभापति खान आएको होइन । मैले बोलेकै हो । त्यतिखेर एउटा राजनीतिक सहमतिका आधारमा एउटा निर्णय निस्कियो । तर ठिक छ त आजको बैठकले सबै जिम्मेवार छौँ । संसदलाई आग्रह गरौँ । सबै समितिको पुनःनिर्वाचन गरि पाउँ । वा राजनीतिक सहमति गरि पाउँ । आज निर्णय गरौँ । नभएदेखि बारम्बार एउटै विषय । व्यक्तिगत रुपमा उसको आचरणमा कमजोर बनाउन, बाहिर भ्युज बढाउन, अपमान गर्न निम्ति यस्तो विषय दोहा¥याउनु हुँदैन ।’

उहाँले भ्युज बढाउने नाममा अरुको व्यक्तिगत आचरण कमजोर बनाउन अपमान नगर्न आग्रह गर्नुभयो । —न्युज एजेन्सी नेपाल