कविता नेता-मतदाता

.
हजुर नेता 
म कार्यकर्ता
हजुर माथि उता
म तल यता।
लाेकतन्त्रमा काे तल 
काे माथि हुन्छ?
जिल्लाकाे नाम-
“सङ्खुवासभा” शुध्द लेख्न नजान्ने नेता
 माथि, 
खादामाथि खादा गजधम्म हुन्छ
मेराे बैठक चुनावी मैदानकाे धुलाेमा हुन्छ।
आज विहानै आँगनमा आउनु 
चिया पानी नखाउँ भाे भन्नू भाे
भित्र काेठामा जानुभन्दा 
अर्काे घरमा नि जानुछ लाउनु भाे।
अस्ति जस्ताे लाग्छ 
हजुर जन्मेकाे
हाम्रा स्कूल खाेल्ने गुरुका नाति  खाडीमा
हजुर सदा सदा पदमा 
आशिन हुनु भाे, झण्झट लाग्दैन !
हजुर भर्खरै टीका थापेर
मत थापेर/टाेकेर
झन्झन् ठूलाे नेता हुनु भाे
जाँच नदिई प्रमाणपत्र पाउनु भाे
साँची हजुर अनररी डा.  अनि प्रा.  हाे ?
हजुर मासु खाने
काठमा मासु काट्नु हुन्छ
सहरमा चप वाेर्डमा रमाउनु हुन्छ
सामान्य पात्ले
स्वास्थ्यवर्धक चप वाेर्ड हुन्छ
जान्नु हुन्छ?
हजुर सुघ्घरी 
म फाेहरी हाे
हजुर उठेर सु सुईक्याउनु हुन्छ
म टुक्रुक्क बसेर पिसाव छाड्छु
त्यही पिसाव भाँडामा थाप्छु
अचेल पानी थपेर काेपीमा हाल्छु
प्राङ्गारिक अन्न -तरकारीबादी म 
हजुर नभन्नुस् परिवारकै मत दिन्छु/दिलाउँछु।
हजुर घर बढार्नु, पाेत्नु हुन्न
हामी अम्लिसाेले बढारेर
गाईका गाेबरले लिप्छाै
संसार घुमेका पाउ
बसेकाे  आसन राडीमा राखिदिनुस्
धनधान्य हुन्छाैं- अर्तिले।
ढिंडाे  पकाउन जान्नु हुन्न
पहिलादेखि हाेटल फेरेर
 पिजा बर्गरमा  रमाउनुहुन्छ, 
मानेभञ्ज्याङ्ग सरूवा जत्तिकै
माेही, सख्खर टाेक्दै खाने चिया छ
खानु हुन्छ?
मामा-दाजु -कम्रेड भाे म अहिले खाँदिन
मेराे  आतिथ्य अस्वीकार गर्नु भाे
सुशिला फुपुलाई महाअभियाेग
दुईदुई पटक बाउका मलाम जानेकाे
विघटित प्रतिनिधि सभा ब्यूझाउनेलाई
काजी भीम मल्ल ठानी
महाअभियाेगकाे ठिंगुरा ठाेकुन्नु भाे
धेरै मान्छे मार्ने, 
कराेडाैं  आफु, आफन्तकाँ सार्ने
विदेशमा धन थाेपर्ने
भ्रष्टाचार विराेधी
सुशासनका मसिहा  हजु हाे?
हजुर सम्मानीत अदातलले भनाेस् कि 
 “नाे भाेट” नमान्ने, 
भाेट नदिउँ सदा झैं
बानी परेकाे विरालाे नेता हुने
मत दिउँ
कहाँ दिएँ थाह पाउने
हजु हाे उद्याेग बेचेर/ साक्षी बसेर
अरूण राेकेर विकासकाे मूल फुटाउने
सियाे नवनाउने 
नयाँ नयाँ प्रविधि सिकाउने?
अधिवक्ता शेरबहादुर ढुङ्गाना
खाँदबारी,सङ्खुवासभा