देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ सार्वजनिक (भिडियो सहित)

.

काठमाडौं-नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक विमोचन भएको छ ।

 

सोमवार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद कँडेलको पुस्तक विमोचन गर्नुभएको हो । विमोचन समारोहपछि बोल्दै सांसद कँडेलले पुस्तकमा २०६० भदौ १२ गते कुसुन्तीमा आफैं माथि भएको आक्रमणका बारेमा चर्चा गरिएको बताउनु भयो ।

 

उहाँले आक्रमणमा तत्कालीन माओवादी संलग्न रहेको र सोही सेरोफेरोमा पुस्तक तयार गरेको बताउनु भयो । सांसद कँडेलको पुस्तक भित्र विभिन्न शीर्षकमा घटना विवरण सहित ४ खण्डमा राखिएको छ ।

 

२७२ पेजको यो पुस्तकमा पारिवारिक तथा राजनीतिक गविविधिहरु रहेको पनि सांसद कँडेलले बताउनु भयो । सांसद कँडेलले भन्नुभयो, ‘२०६० भदौ १२ गते कुसुन्तीमा जनमाथि भएको आक्रमण र त्यो आक्रमणमा तत्कालीन माओवादी आधिकारिक रुपमा थियो । उनीहरुले त्यसलाई स्वीकारेका थिए । उनीहरुबाट नै त्यो आक्रमण भएको थियो ।

 

र त्यससँग सम्बन्धित द्वन्द्वकालका कुराहरु र त्यो भिडन्तको अवस्था, त्यसपछि अन्य विधाहरुमा गरेर ४ खण्डमा मैले पारिवारिक पृष्ठभूमिहरु र राजनीतिक विषयहरुलाई लिएर २७२ पेजको बोनसको यो जीवनको नामबाट मैले पुस्तक लेखेको छ ।

News Agency Nepal