जेठ १६ गते चौथो राष्ट्रिय कुराँश प्रतियोगिता हुने

.

चौथो राष्ट्रिय कुराँश प्रतियोगिता र कोच तथा रेफ्री सेमिनार आगामी मंगलवारदेखि काठमाडौंमा हुने भएको छ ।
नेपाल कुराँश संघको आयोजनामा काठमाडौंको नयाँबजारमा आगामी जेठ १५ देखि १६ गतेसम्म राष्ट्रिय प्रतियोगिताका साथै कोच तथा रेफ्री सेमिनार हुन लागेको हो । उक्त कार्यक्रम नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आटर््स केन्द्रमा हुने कुराँश संघले जनाएको छ । संघले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय प्रतियोगिताका साथै विभिन्न कार्यक्रमका बारेमा जानकारी दिएको हो । प्रतियोगिताअगाडि कोच र रेफ्री सेमिनार आयोजना गर्ने कार्यक्रम रहेको संघका कार्यवहाक अध्यक्ष जीवन राईले जानकारी दिए । यस प्रतियोगितामा सातै प्रदेश र तीन विभागका गरी कुल दुई सय २० खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् ।
महिला र पुरुषतर्पm जुनियर र सिनियर गरी कुल २२ तौलसमूहमा प्रतिष्पर्धा तय गरिएको संघले उल्लेख गरेको छ । महिला जुनियरमा २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनी र ४५ केजीमाथि तथा महिला सिनियरमा ४८ केजीमुनि, ५२ केजीमुनि, ५७ केजीमुनी, ६३ केजीमुनी र ६३ केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुनेछन् । पुरुषतर्पm जुनियरमा २५ केजीमुनी, ३० केजीमुनी, ४० केजीमुनी, ४५ केजीमुनी र ४५ केजीमाथि तथा सिनियरमा ६० केजीमुनी, ६६ केजीमुनी, ७३ केजीमुनी, ८१ केजीमुनी र ८१ केजीमाथि तौलसमूहमा प्रतिष्पर्धा हुने संघका प्रमुख प्रशिक्षक प्रवीण काजी श्रेष्ठले जानकारी दिए ।
प्रत्येक तौलसमूहमा शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । २०७३ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा अधिकारिक रूपमा दर्ता भएपछि कुराँश संघले लगत्तै २०७५ सालदेखि विभिन्न राष्ट्रिय प्रतियेगिताका साथै विभिन्न कार्यक्रमहरू गर्दै आएको संघका कोषाध्यक्ष ललिन्द्र राईले जानकारी दिए । त्यसयता थप दुई वटा राष्ट्रिय प्रतियोगिता भएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली खेलाडीले प्रतिष्पर्धा गर्दै आएको कोषाध्यक्ष राईले उल्लेख गरे । —न्युज एजेन्सी नेपाल