खाँदबारीमा

.
सङ्खुवासभामा जन्मे हुर्केर
“देखें/खाएँ भनेकाे 
यही घाम अनि
 पानी न हाे!”
आजका अति चर्चित
तीक्ष्ण प्रतिभाका मालिक 
प्रमुख आयुक्त जेठान !
 “अलिकति तपाईंलाई चुनाउमा
खाेट लाउँन सक्छु कि!”-भनि
खाँदबारी नगर बनाउँदा अनि 
अरूणकाे हिम्भा अभियानमा खाेज्दैछु!
ईमानका गणेश, राईका महाराई
सहपाठी अर्का प्रमुख आयुक्त
हजु, पनि … हाे? कि के?
भनी कुरा काट्दै हिन्छु!
तपाईं रिसाउँदा अरूले थाह नपाई
राताे टीका हुन्छ….
सूर्याेदय हेर्दै 
जन्म घरमा भेटिन्छु!
केही गर्दिन –
चुपचाप 
“अरूण उपत्यका खुला विश्व विद्यालय” पढ्छु
सरकारका भरपर्दा- 
सचिव श्री दिनेश-श्री सुरेशले
नमस्कारसंगै “दाजु”भन्दा 
मात्दै  रयलेमा भेटिन्छु-
कथं तेता नभेटिए-
बरालकाे अरूणले बगर बना’काे
भाग्य खाेसेकाे मुध्दामा
 अदालत परिसरमा भेटिन्छु !
पैसाकाे कुरा नगर्नु
खाँदबारी नगर त 
षाेडषी हाे! डाक्टरी गरेकी
गाेडाकाे जल खान्छु!
नगरकाे दाम 
चेलीकाे चुन्दाम खा’र 
बिटुलाे हुन्छु?
राई गुहार्दिन
तपाईंले गर्नु भ’न
सतर्कता सचिवज्यू
भन्दिन!
दानकाे क्याम्पसमा 
पैंतिस लाख खा’र
सहरमा धनी महल बनाउनेकाे
परिचय  लेब्राङ्गकाे सालघारीमा पछार्छु!
भाग्यमानी हुँ
गाैरी, पूर्णचन्द्रकाे गुन तिर्नुछ!
बाँचुञ्ज्याल-
भाइ, भतिज, साला, भानिजलाई
जँडाहा, कानी वाल, गाँजा वाल, 
अनपढ, यामे पढेर बुहारीकाे
नाम लेख्न नजान्ने
डाक्टर भ’र जिल्लाकाे नाम
“सङ्खुवासभा” लेख्न जानिनस्
भनी गालामा मायाका डाम बसाउनु छ!
मनकामना जानु अघि
“परशुराम, सूर्यबहादुर
उत्तरकुमार  गुरूङ्गकाे
त्रिमूर्ति सालिक ठड्याउनुछ!”
थाह छ हजुर….
तिमी आउदैनौ
सघाउँदैनाै
तथापि
मानि आुको  मान्नुछ !
ए साँची
छाेरी झुण्डेर मरी!
लास चिर्न 
बाउसंग पैसा लिने
प्रमुख-अध्यक्ष सुमन 
 ट्यूसन चेलासंग साेध्नुछ !
हुन्छ, 
हिमालय मा.वि खाँदबारीकाे
 हीरक जयन्तिमा भेटाैंला!
शेरबहादुर ढुङ्गाना,
तिम्राे अझै माग?
यहीकाे सन्तान
कर्मचारी भ’र
जिल्ला सभापति भयाै
अक्कर सभामा थ्रु गरेकाे
अभिलेख जिसस, ससमा छ
माग चाहिँ के हाे हाै?
जँडाहा, समाज विपरित भनेर
 गाली गरेका
 तर 
तिनले नटेरेका
भाइ, भतिज, भान्जा,
 छरछिमेकका काँध चडेर
मनकामना जाने मनसुवा छ
तिनले –
ताता ठुटाले
 घाेच्छन् ‘नि 
आहा भन्नुछ !
कान्छाे पीरले
 अलिकति खा’र
 मात्छ ‘नि
संगै मात्न मन छ!
छ न त- 
अरूण नदीकाे भलिवल मैदानमा
मेदिनी मलामीलाई 
नं २ मा राख्न मन छ
त्यति खेर ‘नि 
हेमराजकाे जाेशिलाे
 भाषन सुन्न मन छ,
पानी खाँदै सूर्याेदय हेर्दैछु!
ख्वै माग कत्तिकाे पुग्छ?
शेरबहादुर ढुङ्गाना
अधिवक्ता कवि
खाँदबारी, सङ्खुवासभा