हिन्दु राष्ट्र र राजतन्त्र पुनःस्थापना नभएसम्म आन्दोलन रोकिँदैनः अध्यक्ष थापा

.

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनःस्थापना र हिन्दु राष्ट्रको स्थापना नभएसम्म राजावादीहरुको आन्दोलन नरोकिने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला १८ वर्षको बीचमा देशले कहलाीलाग्दो अवस्था भोग्नुपरेको बताउनु भयो । अहिले देशमा केही सिमित राजनीतकि दलका सिमित नेताहरुले सिण्डिकेट खडा गरेर देशमा व्रह्मलुट मच्चाएको आरोप लगाउनु भयो । उहाँले केही सिमित नेताहरुले राज्य सत्ता कब्जा गरेर सर्वसत्तावादी ढंगबाट देशमा शासन चलाइरहेको बताउनु भयो । सिमित नेताहरुले आपसमा भागबण्डा गरेर राज्य संयन्त्रमा कब्जा मात्रै नभइ भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनु भयो ।
अध्यक्ष थापाले भन्नुभयो, ‘भोलिदेखि हाम्रो आन्दोलन शुरु हुँदैछ । कहिले अन्त्य हुन्छ भनेर हामीले भनेका छैनौँ । त्यतिबेला अन्त्य हुन्छ, जतिबेला नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापित हुन्छ । यो १८ वर्षको बीचमा देशले कहलाीलाग्दो अवस्था भोग्नुप¥यो । अहिले देशमा केही सिमित राजनीतकि दलका सिमित नेताहरुले सिण्डिकेट खडा गरेर देशमा व्रह्मलुट मच्चाएका छन् । केही सिमित नेताहरुले राज्य सत्ता कब्जा गरेर सर्वसत्तावादी ढंगबाट देशमा शासन चलाइरहेका छन् । सिमित नेताहरुले आपसमा भागबण्डा गरेर राज्य संयन्त्रमा कब्जा मात्रै होइन, भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् ।’

अध्यक्ष थापाले न्याय दिनुपर्ने सरकारले नै नागरिक बेचिरहेको आरोप लगाउनु भयो । —न्युज एजेन्सी नेपाल