चितवन । ब्लड डोनर्स सोसाइटी चितवनको आयोजनामा ‘ प्रथम ऐतिहासिक रक्तदान महोत्सव ’ हुने भएको छ ।
चितवनको भरतपुरमा ब्लड डोनर्स सोसाइटी चितवनले अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसरमा जेठ ३१ गते शनिबार १ हजार ५ सय बढी पिन्ट रगत संकलन गर्ने उदेश्यसहित रक्तदान महोत्सव गर्न लागिएको हो । उक्त महोत्सव सम्पन्न गर्न एकराज बुर्लाकोटीको अध्यक्षतामा ५१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उप – समितिहरु गठन गरेको छ ।
जस अन्तर्गत आर्थिक संकलन उप – समिति संयोजक अभिषेक अधिकारी, प्रचारप्रचार उप – समिति संयोजक विपिन पाठक, यातायात उप – समिति संयोजक नारायण प्रसाद न्यौपाने, प्राविधिक उप – समिति संयोजक रमेश नेपाल रहने व्यवस्था गरेको छ ।
यसैगरी, अतिथि सत्कार उप – समिति संयोजक सिर्जना कण्डेल, मञ्च तथा स्वयंसेवक परिचालन समिति संयोजक अन्जन दवाडी, खाजा / खाना व्यवस्थापन उप – समिति दिपक घिमिरे रहने व्यवस्था गरेको छ । रक्तदान सम्बन्धि सचेतना जागृत गर्ने तथा नयाँ रक्तदाताहरूलाई उत्साहित गर्दै मानवीय सेवामा लाग्न थप ऊर्जा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको सोसाइटीले जनाएको छ ।