प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश विकास र सुशासनबाहेक सरकारको ध्यान अन्यत्र नभएको बताउनुभएको छ ।
संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले नचाहिने कुरामा सरकारको ध्यान नभएको दाबी गर्नुभयो । उहाँले सरकार देशमा सुशासन र विकासको काममा लागेको भन्दै यसको विरोध नगर्न आग्रह गर्नुभयो । रचनात्मक ढंगले आलोचना गर्न विपक्षी दलहरुसँग आग्रह गर्नुभयो । कसैले राजीनामा माग्यो तर राजीनामा आएन भनेर स्ंसद बन्द नहुने बताउनु भयो । यो कदम प्रतिगामी कदम भएको र यसले प्रतिगमन्लाई सहयोग पुग्ने जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘म आग्रह गर्न चाहन्छु, सरकारको देशमा विकास र सुशासनबाहेक केहीमा ध्यान नै छैन । नचाहिने कुरामा सरकारको ध्यान छैन । यस काममा लागेको छ सरकार । हामी सबै देशमा सुशासन र विकासको काममा लागौँ । रचनात्मक ढंगले आलोचना गर्नुस् ठिक छ, तर अर्घेला कुरा गरेर राजीनामा कसैको माग्यो, राजीनामा गरेन भने संसद बन्द ? त्यो हुँदैन । यो प्रतिगमनलाई सहयोग हो, प्रतिगामी कदम हो । असंवैधानिक क्रियाकलाप हो । संविधान विपरितको, व्यवस्था विपरितको, लोकतन्त्रको मर्यादा विपरितको कदम हो यो ।’
अध्यक्ष ओलीले लाकेतन्त्रको मर्यादा विपरितको कदम चाल्न नहुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल