विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा सरस्वती मा.वि.मा वृक्षारोपण कार्यक्रम सम्पन्न

.

बिराटनगर, जेठ २१। विश्व वातावरण दिवस २०८२ को पूर्व सन्ध्यामा सरस्वती माध्यमिक विद्यालय, बिराटनगर–९ मा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। Goals Foundation को सहयोगमा आयोजित कार्यक्रममा विद्यालयको इको क्लब्, शिक्षकहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रमको मुख्य समन्वय Himal kandel सर र Ranjan Karki सरको नेतृत्वमा गरिएको थियो। वातावरण संरक्षणको महत्त्वमा जोड दिँदै, शिक्षक हिमाल सरले भने, “आज रोपिएका बिरुवाहरूले भोलिका दिनमा वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्। हामीले आज गरेको यो प्रयास भविष्यको लागि अमूल्य देन हुनेछ।”

त्यस्तै, रञ्जन सरले वातावरण संरक्षणको अभियानलाई विद्यालय समुदायबाटै अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै , “विद्यार्थीलाई व्यवहारमै सिकाउन यस्ता कार्यक्रम अत्यन्त उपयोगी छन्। वृक्षारोपणले केवल हरियाली मात्र होइन, जिम्मेवारीको भावना पनि विकास गर्छ।”

 

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातका फलफूल र छायाँ दिने बिरुवा रोपे। इको क्लबको सक्रियतापूर्वक सहभागी थिए। वृक्षारोपणसँगै वातावरणीय सचेतनामूलक छोटो मन्तव्य र समुहगत छलफल पनि गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले “एक विद्यार्थी, एक बिरुवा” भन्ने नारालाई आत्मसात गर्दै हरियाली अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।