काठमाडौं-गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गर्ने सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गर्नु भएको छ ।
मन्त्री थापाले विकास, निर्माण र सामाजिक कार्यमा १४ लाख ८६ हजार ९ सय ७ रुपैयाँ खर्च गर्नु भएको हो । २०७७ साल माघ महिनादेखि २०७८ फागुन मसान्तसम्म बैंक खातामा १३ लाख ६६ हजार ३ सय ६० जम्मा भएको मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् उहाँले जानकारी दिनु भयो ।
मन्त्री थापाले तलव भत्ता र सेवा सुविधाको रकममा व्यक्तिगत रकम थप गरी खर्च गर्नु भएको हो ।खर्च सार्वजनिक गर्दै मन्त्री थापाले राजनीति आफ्ना लागि सेवा भएको र यसलाई पेशाको रुपमा नलिएको दोहो¥याउनु भयो ।
उहाँले भन्नु भयो, ‘राजनीति मेरा लागि सेवा हो । पेशाका रुपमा कदापी लिएको छैन । मेरो व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनलाई समस्या छैन । तसर्थ राजनीतिमा लागेर आर्थिक उपार्जन गर्ने भन्दा पनि निस्वार्थ रुपमा जनताको सेवा गर्नु मेरो मुल ध्येय हो र निर्वाचित भएदेखिनै त्यसैमा प्रतिबद्ध छु ।’