मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्षको जेठ १५ गते सम्ममा पुजिगत खर्च ३१ प्रतिशत मात्रै भएको छ ।
मध्यपुर संचार समाजले आज मध्यपुर थिमि नगरपालिकाका प्रमुख र संचारकर्मीहरू विच संवाद कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले आर्थिक वर्ष २०८१र ८२ मा हाल सम्म ३१ प्रतिशत खर्च भएको बताउनुभएको हो । विकास निर्माणका कार्यको भूक्तानी बाकि रहेकाले यस आर्थिक बर्षमा ७० प्रतिशत खर्च हुने अनुमान गरिएको छ । नगरपालिकाले यस आर्थिक वर्ष को १० महिनामा चालू खर्च ५१ दशमलभ ७४ प्रतिशत खर्च भएको प्रमुख श्रेष्ठले बताउनुभयो । यस्तै यस आर्थिक बर्षको १० महिनामा आन्तरिक आम्दानी २२ करोड १ लाख ५१ हजार ४ सय ६ रूपैया भएको जनाएको छ । यस वर्ष नक्सा पास कम भएको गत बर्षको तुलनामा आम्दानी घट्ने नगरप्रमुखले बताउनुभयो । गत बर्ष ३० करोड ४ लाख ५८ हजार आम्दानी भएको प्रमुख श्रेष्ठको भनाई थियो । तर सम्पति कर, व्यवसाय कर, घर भाडा कर लगाएतका कर राजस्व संकलन बढेको र जरिवाना, शुल्क, दै दस्तुर, जस्ता गैर कर राजस्व संकलन घटेको छ । यसले नगरपालिकाको बितिय सुचक सकारात्मक रहेको प्रमुखको भनाई छ । नगरपालिकाले हाल सम्म ४९ वटा ऐन कानून, नियम, नियमावलि, कार्यविधि र निर्देशिका बनाईसकेको समेत जनाएको छ । नगरपालिकाले शिक्षा , स्वास्थ, खेलकुद, वातावरण सरसफाई, विपद व्यवस्थापन, पर्यटन, कला, धर्म संस्कृति, उद्यम, रोजगार सिपबिकास, कृषि, सहकारी , जग्गा एकीकरण आयोजना लगाएतका क्षेत्रमा सुधार गरेको जनाएको छ
मध्यपुर थिमि नगरपालिका चालु आवको पुजिगत खर्च ३१ प्रतिशत मात्रै