भोजन लिपिको चौथो संस्करण असार १५ मा

.

नेपाली खाना प्रवद्र्धन अभियानले असार १५ गते भोजन लिपिको चौथो संस्करण आयोजना गरिने भएको छ ।

आईतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवीप्रसाद सापकोटाले अभियानले कसैलाई घाटा नपर्ने बताउनु भयो । अभियानलाई अपनत्व लिई अझ प्रभावकारी रुपमा अगाडि बढाईदिन उहाँले आग्रह गर्नुभयो । सिलौटो कटेज अनामनगरमा हुने चौथो भोजन लिपिलाई सिलौटे कटेजले अपनत्व लिई अभियान र मिसनलाई साथ दिएको प्रतित गराएको सापकोटाको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘हामीले असार १५ लाई भोजन लिपी स्वाद यो अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल र दुर्गा खड्का हुनुहुन्छ यो अभियान र मिसनका प्रवर्तक भन्छु म । एकजना अहिले आयरल्याण्डमा हुनुहुन्छ आफ्नो काम विशेषले, आफ्नो व्यवसायले रहनुभएको छ । यो उहाँहरु दुई जनाको पाक कलामा आधारित रहेर अगाडि बढेको अभियान हो । यो अभियानले घाटा कसैलाई पनि नपर्ने खालको छ । जति हुन्छ नाफामात्र हुन्छ । त्यसकारण सबैले आआफ्नो क्षेत्रबाट यो अभियानलाई अपनत्व लिई यसलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइदिनु हुन अभियानको तर्फबाट हार्दिक अनुरोध गर्दछौं । यसमा खासै नयाँ कुरा त केही छैन तरपनि असारको १५ गते हामीले भोजन लिपिको चौथो संस्करण आयोजना गर्दैछौं, त्यो पनि सिलौटो कटेज अनामनगरमा । सिलौटो कटेज नामले पनि हाम्रो अभियान र मिसनलाई साथ दिएको प्रतित भैसकेको छ । भोजन लिपि स्वाद सिलौटो कटेज अनामनगरमा हुँदैछ । त्यसमा हामीले प्रस्तुत गर्ने खानाका परिकारहरु रहेका छन् ।’

उहाँले चौथो संस्करणमा प्रश्तुत गरिने खानाका परिकारहरु नेपाली मौलिक र परम्परागत हुने जानकारीसमेत दिनुभयो । —न्युज एजेन्सी नेपाल