पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

.

काठमाडौं – पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८३ जनामा गरिएको पीसीआर परीक्षणमा १० जना र एक हजार २७७ एन्टिजेन परीक्षणमा एक जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९० रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९४२ रहेको छ ।

 

 

संक्रमितमध्ये ९०२ जना होम आइसोलेसनमा र ४० जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै १६ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन् ।