रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै खराब अपराध गर्‍योः जेलेन्स्की

.

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् ।

 

 

संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणको हत्या भएको थियो र रूसी ट्यांकले मानिसहरूलाई ‘आनन्दको लागि’ किचेको बताएका हुन् । ‘रूसी सेनाले हाम्रो देशको सेवा गर्ने जो कोहीलाई खोजी र जानाजानी मा-यो’, उनले भने ।

 

 

बुचा सहरमा सडकमा लडिरहेका शवहरूको भयानक तस्बिरहरूको विश्वव्यापी निन्दा भएको छ । सुरक्षा परिषदमा भिडियो लिंकमार्फत आफ्नो भाषणपछि जेलेन्स्कीले मृत युक्रेनीहरूको तस्बिरहरूको ग्राफिक भिडियो देखाएका थिए ।

 

 

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले रुसी सेनाले अत्याचार गरेको कुनै प्रमाण नभएको दाबी गरे । ‘हामीले फेरि एक पटक रुसी सैनिक र सेनाको बारेमा ठूलो मात्रामा झूट सुनेका छौं’, उनले भने ।