निर्वाचन आयोगले ७१ जना स्थानीय निर्वाचन अधिकृत हटायो

.

काठमाडौं- निर्वाचन आयोग नेपालले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि यसअघि तोकिएका ७१ जना निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।

 

बिहीवार आयोगले नियमित पत्रकार सम्मेलनमा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि तोकिएका ७१ जना निर्वाचन अधिकृतलाई विभिन्न कारणले काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनीहरुको स्थानमा ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको हो । नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोग नेपालका सूचना अधिकारी एवं सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचन २०७९ का लागि निर्वाचन आचारसंहीता २०७८ को प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धमा स्थानीय तह निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका राजनीतिक दलबाट प्रतिवद्धता लिने सम्बन्धी बैठक सम्पन्न भएको पनि बताउनु भयो ।

 

उहाँले स्थानीय तह निर्वाचन २०७९ मा खटिने निर्वाचन अधिकृतहरुको प्रशिक्षण प्रदान गर्नका लागि चैत्र २३ गते निर्वाचन व्यवस्थापन तथा सञ्चालन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको पनि बताउनु भयो ।

 

News Agency Nepal