नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि

.

काठमाडौं – नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल २ हजार ५३९ पिसिआर परीक्षणका क्रममा १२ जना र १ हजार ६१६  एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९८० जना निको भएको मन्त्रालयले जनाएको छ ।  हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६३७ रहेको छ ।