काठमाडौं महानगरपालिकास्थित हाँडीगाउँमा फल्चा उद्घाटन गरिएको छ ।
शनिवार एक कार्यक्रमअन्तर्गत फल्चाको उद्घाटन गरिएको हो । फल्चा काठमाडौं महानगरपालिका, वडा नम्बर ५, हाँडिगाउँको नरदेवमा फल्चा निर्माण गरी शुभारम्भ गरिएको हो । फल्चा उद्घाटन कार्यक्रममा बोल्दै कामनपा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले सांस्कृति शहर, सुन्दर महानगर बनाउने नीतिअनुसार आफूहरु अघि बढेको र सोही नीतिअनुसार हाँडिगाउँमा फल्चा उद्घाटन गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सांस्कृतिक शहर, सुन्दर महानगर बनाउने नीतिअनुसार अघि बढेका छौँ । हाँडिगाउँमा नेपालभर पहिलो मानव बस्ती यहाँबाट भएको इतिहास पाइन्छ । हामी यसलाई जीवन्त दिने कोशिसमा छौँ । यो लिच्छिवीकालीन शहर हो । यहाँ भएका सम्पदा जुन अवस्थामा थिए, त्यही अवस्थामा फर्काउनुपर्छ भनेर लागेका छौँ ।’
उहाँले हाँडिगाउँ लिच्छिवीकालीन शहर भएकाले पनि यसको सम्पदा पुरानै अवस्थामा फर्काउने गरी आफूहरु लागिपरेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल