काठमाडौं – नेपालमा आज थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल २ हजार ८६६ पिसिआर परीक्षणका क्रममा २३ जना र १ हजार २१२ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार १११ जना निको भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५५४ रहेको छ ।