कठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झांक्रीको प्रुमख आतिथ्यता तथा शहरी विकास मन्त्रलायका सचिव एवं कोषका अध्यक्ष डा। रमेश प्रसाद सिंहको अध्यक्षतामा ग्लोबल ग्रिन ग्रोथ इन्टिच्य”ट जीजीजीआईबाट अध्ययन भएको मार्केट एसेस्मेण्ट स्टकचर अ ब्लेण्डेड फाइनान्स फेसिलिटी बीएफएफ फर फेइकल स्लज एण्ड सेप्टेज म्यानेजमेण्ट एफएसएसएम सेक्टर इन नेपाल को नेशनल भेलिडेसन वर्कसप सम्पन्न भएको छ ।
नेपालमा हरित सरसफाई सेवा कार्यक्रम सञ्चालन गर्दै आएको जीजीजीआई ले कोषसंगको सहकार्य अन्तरर्गत नेपालमा एफएसएमका लागि यसको भ्याल’ चेनलाई व्यवस्थित गर्न यस क्षेत्रमा संलग्न रहँदै आएका सम्भावित साझेदारहरुको पहिचान गरि साना तथा मझौला उद्यमीहरु आवद्ध रहन सक्ने गरी विजनेश मोडेल तयार गरिएको छ, जसले यस क्षेत्रको व्यवस्थित विकासको लागि वाणिज्य बैंकहरु, विभिन्न दातृ निकायहरु, स्थानीय तहहरुलाई आकर्षित गर्न सफल हुनेछ ।
शहरी स्वास्थ्य, शहरी नदी प्रणालीको जीवन्तता र कृषि उत्पादनका लागि पुर्नउपयोग गर्न फेसल स्लज व्यवस्थापन कार्य प्राथमिकताकासाथ राज्यले प्रभावकारीरुपमा अगाडि बढाउनुपर्ने वर्तमान सन्दर्भमा यसका लागि विद्यमान कार्यान्वनका विधीका अलावा नविनतम् वित्तीय उपकरण नगर विकास कोष मार्फत परिचालन गरी दिगो तथा प्रभावकारी कार्यान्वयनका लागि यस अध्ययन एवं छलफलले दिशानिर्देश तथा शहरी क्षेत्रको मुख्य चुनौतीकोरुपमा रहेको फोहर व्यवस्थापनमा सहयोग एवं लगानी विस्तार हुन अपेक्षा गरिएको छ ।
कार्यक्रममा नेपाल सरकारका विकास साझेदारहरु, नीजि क्षेत्रका प्रतिनिधीहरु, बैंकिग क्षेत्रका प्रतिनिधीहरुको महत्वपूर्ण सहभागिता रहेको थियो ।