काठमाडौं-बालबालिका लागि शिक्षा भन्ने नाराका आशा फर चिल्र्डेन फाउन्डेशनद्वारा संचालित आशा शिक्षा सदनको भक्तपुर, सुर्यविनायक नगरपालिका १० स्थित चितपोलमा बिद्यालय भवनको आइतबार उद्घाटन गरिएको छ । सो अवसरमा बिद्यालय प्रधानाध्यापक डा.मलिका प्रसाईले बिद्यालयमा दुई सस्थाका करिब ६७ जना बालवालिका रहेका र निकट भविश्यमा सस्थाको पहँुच ७७ जिल्लामा पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।
हाल युकेजीका बालबालिका रहेकोमा क्रमिकरुपमा बिद्यार्थी थपिएसंगै थप कक्षा संचालन गर्दै निकट भविश्यमै बिद्यालयलाई १२ कक्षासम्म पु¥याइने पनि उहाँले जानकारी गराउनुभयो । फाउन्डेशन नेपालसँंगै जर्मनीमा रहेको संस्थाले नेपालमा शिक्षाको ज्योति फैलाउन जर्मन नागरिक हेरिबर्थ विर्थ तथा मार्गीर्थ विर्थ समुहको सहकार्यमा बिद्यालयको भौतिक संरचना निर्माण गरिएको हो । आशा शिक्षा सदन करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ ।
कार्यक्रममा बालबालिकाको सांंगीतिक प्रस्त्ुति सुनेर जर्मन प्रतिनिधि भाबुक बन्नुभएको थियो । असहाय तथा गरिब बालवालिकाको शिक्षामा समर्पित आशा २० मार्च २०२२ देखि संचालन आएको हो । उक्त विद्यालयमा हाल ६७ जना बालवालिका रहेका छन् । जर्मन नागरिक हेरिबर्थ विर्थ तथा मार्गीर्थ विर्थ धर्म नाती अदित नामबाट बिद्यालयको नामाकरण गरिएको छ ।
