कविता :सुँगुर र सुँगुरेहरू

.
खाँदवारीका सुविख्यात सुँगुरेकाे 
सालिग ठड्याउँदैछाैं,
सम्मानले!
हाम्रा नेगियार,
उनीले दे’काे टालाेले
हाम्राे देखिने लाज छाेपियाे!
यता,
सुँगुरकाे पाठाे दे’काे तस्विर सामु
हजुरकाे दाैराका फेरले छाेप्दा ‘नि
छ्याङ्गै लाज देखियाे!
सुँगुरेनी 
अगाउँजी सुँगुर खान नपा’र गईन्
स्वर्ग नै मानुँ
बाँच्दा जीवनभर मालिक,
मालिकिनीहरूकाे कुरी ढाकिदिन्थिन्!
सुँगुरे-सुँगुरेनीका सन्तान दरसन्तान
सुँगुर चाख्न नपा’र
ढुङ्ग्री हानाहान रगत पच्छे
ज्यान तलमाथि भा’छन्
हजुरकाे याेगदान 
देब्रेबाट पार’छन्!
यता हजुकाे 
जग हँसाईंले भ्यू टावरबाट हेर्दा
मतदाता हाैसिएका छन्,
दे’काे महिना डेड महिनामा
च्वाँ च्वाँ..पार्दै दाता  हँसाउने भा’का छन्।
पर्ख,
‘फेरी मत हाल’
भर्खरै  यही चैतमा, काठमाडाैंमा
“ताराहरू”काे
“विकास स्राेत पहिचान राष्ट्रिय गाेष्ठी २०७८” भा’छ
अरूण जलसदुपयाेग विराेधीहरूकाे
अरूण सराेकार समितिकालागि ‘नि
यसै मार्फत नयाँ स्राेत आ ’ छ !
शेरबहादुर ढुङ्गाना
अधिवक्ता कवि
खाँदबारी, सङ्खुवासभा।