उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व सम्पन्न भएको छ ।
सूर्यदेवलाई बिहानै अर्घ्य चढाएसँगै विधिपूर्वक रुपमा छठ पर्व सम्पन्न भएको हो । चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुहरुले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । काठमाडौंको गौरीघाट, गुह्वेश्वरी, कुपण्डोल, बल्खु घाट लगायतका स्थानमा उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । छठको पहिलो दिन नहाय खाय र दोस्रो दिन खरना गरेका व्रतालुहरुले सोमवार अस्ताउँदो सूर्यदेवलाई अर्घ्य चढाएका थिए । रातभर घाटमै पूजापाठ गरी आज उदाउँदो सूर्यदेवलाई अर्घ्य दिएका हुन् । छठ हिन्दुहरुको एक महत्वपूर्ण पर्व हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रि ऋषि पत्नी अनुसुयाले छठ व्रत गर्नुभएको थियो । फलस्वरुप उहाँले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको शुरुवात भएको धार्मिक विश्वास छ । नमोनाथका झाकाअनुसार काठमाडौंमा छठ पर्वको लागि राम्रो व्यवस्थापन गरिएको थियो । सबैले सहजतापूर्वक छठी मैया र सूर्यदेवलाई पूजाआराधना गर्न पाएका छन् ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दु सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् । —न्युज एजेन्सी नेपाल