माज सदाकतको अलराउण्ड प्रदर्शनमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा पहिलो जित निकालेको छ ।
कीर्तिपुरमा आफ्नो पाँचौं खेलमा जनकपुरले मंगलबार चितवन राइनोजमाथि चार विकेटको जितसँगै दोस्रो सिजनमा पहिलो सफलता आत्मसात् ग¥यो । सदाकत बलिङसँगै ब्याटिङमा पनि चम्किएपछि जनकपुरले पहिलो जित निकालेको हो । पाँचौं खेलमा चौथो हार सामना गरेपछि चितवनले प्लेफमा बलियो दाबेदारी दिने अवसर गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा चितवनले एक सय ७७ रनको राम्रो लक्ष्य दियो । तर, त्यो लक्ष्य जनकपुरले १७.३ ओभरमा मात्र चार विकेटको क्षतिमा भेट्टायो । ओपनर सदाकत र अनिल साहले अर्धशतकीय इनिङसँगै जनकपुरले सहजै जित निकाल्यो । सदाकतले ६३ र अनिलले ६१ रनको इनिङ खेले । सदाकतले ३० बलमा ६ चौका र चार छक्का प्रहार गरे । ३६ बल खेलेका अनिलको इनिङमा चार चौका र तीन छक्का रह्यो ।
राम्रो लक्ष्य पछ्याएको जनकपुरले सुरुदेखि आक्रामक ब्याटिङ गर्दै चितवनका बलरमाथि दबाब बनायो । पाँचौं ओभरमा ओपनर आसिफ शेख १८ रनमा आउट भए । तर, पावर प्लेमा ५९ रन जोड्दै जनकपुरले आक्रामक सुरुआत ग¥यो । दोस्रो विकेटका लागि सदाकत र अनिलबीच ७९ रनको महत्वपूर्ण साझेदारी गरे । यी दुईले आक्रामक ब्याटिङ गरेपछि जनकपुरले ९.२ ओभरमै सय रनको आँकडा पार ग¥यो । सदाक १३औं र अनिल १६औं ओभरमा आउट भए । अनिलको विकेटसँगै जनकपुर १५.३ ओभमार १५६÷४ को स्थितिमा जितनजिक थियो । लफ्टी इटन ११ रनमा रनआउट भए । आदित्य महताले ७ बलमा दुई चौका र एक छक्कासहित १८ रन जोडे । राम्रो ब्याटिङ गरेपनि बलिङ चल्न नसक्दा चितवनले हार बेहो¥यो ।
आठ बलर प्रयोग गरे पनि चितवनले तीन विकेट मात्र निकाल्यो । चितवनका सबै बलर महँगा नै रहे । ओपनरद्वयको अर्धसतकमा चितवनले पूरै ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७७ रनको चुनौतीपूर्ण योगफल बनायो । ओपनरद्वय अर्जुनले ५२ रन र मालनले ८० रनको इनिङ खेल्दै राम्रो योगफलतर्पm डो¥याए । पहिलो विकेटका लागि यी दुईले एक सय १२ रनको सतकीय साझेदारी गरे । १३.४ओभरमा लफ्टी इटनले अर्जुनलाई कृष्णमुतिद्वारा क्याच गराउँदै ब्रेक थ्रु दिलाए । अर्जुनले ३९ बलमा चार चौका र तीन छक्का प्रहार गरे । एक छेउबाट मालनले इनिङ अगाडि बढाए । तर, अर्को छेउबाट सइब जैब ७ रन र रबि बोपारा ३ रनमै पभेलियन फर्किए । १९औं ओभरमा मालन आउट भए ।
उनले ५४ बलमा चार चौका र पाँच छक्का हिर्काए । कप्तान कुशल मल्लले १४ बलमा नटआउट ३० रन जोडे । उनको इनिङमा समान दुई चौका र छक्का रह्यो । पहिलो ओभरमा मेडन भए पनि चितवनले पावर प्लेमा ३८ रन जोड्यो । चितवनले १३.२ ओभरमा सय रन पूरा ग¥यो । तर, अन्तिम ४६ बलमा चितवनले ७६ रन जोड्दै राम्रो योगफल बनायो । जनकपुरको बलिङमा माज सदाकत, अनिल साह, रूपेश सिंह र लफ्टीले समान एक विकेट लिए । सात बलर प्रयोग गरेको जनकपुरका लागि सदाकतले मात्र किफायती बलिङ गरे । चार ओभरमा उनले एक मेडनसहित २३ रन मात्र दिए । –न्युज एजेन्सी नेपाल