पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पौष १३ गतेदेखि

.

पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पौष १३ गतेदेखि शुरु हुने भएको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले यसबारे जानकारी गराएको हो । महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने बताइएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेक साइडमा करिव साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुने बताइएको छ । सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ भन्ने मूल नारासहित खाना, संस्कृति र संगीतलाई प्रवद्र्धन गर्न महोत्सवले मुख्य भुमिका खेल्ने पोखरा सडक महोत्सवको २७ औं संस्करणका संयोजक वसन्त गौतमले बताउनु भयो । उहाँकाअनुसार महोत्सवले पोखराको पहिचान र गौरवमय इतिहासको बोध गराउने बताउनु भयो ।
पोखरा प्राकृतिक र सांस्कृतिक रुपमा खुला संग्रहालय भएको उल्लेख गर्नुहुँदै सडक महोत्सवले पर्यटन तथा अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । —न्युज एजेन्सी नेपाल