काठमाडौं – नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । कोरोनाको कारण देखाउँदै अधिवेशन स्थगित गरिएको हो । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको थियो ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन हुन बाँकी छ ।