सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका सबै पालिकामा गरेर जम्मा २२१८ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लाभर अध्यक्षका लागि १ सय र उपाध्यक्षका लागि ६९ जनाले मनोनयन दर्ता गराएका छन् ।
यस्तै १ सय ३ वडा रहेको यस जिल्लामा ४ सय ९५ जनाले वडाध्यक्षको लागि मनोनयन दर्ता लिएका छन् । जिल्लामा केन्द्रको नीति अनुसार १२ पालिका मध्य २ पालिकामा कांग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन सफल भएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकामा माओवादीका दोर्जे लामाले अध्यक्षमा उम्मेदवार दिए भने काग्रेसका गंगा चाँपागाईले उपाध्यक्षमा उमेरद्रारी दिएका छन् । यस्तै जुगल गाउँपालिमा पनि केन्द्रको नीति अनुसार भएको गठबन्धबाट अध्यक्षता माओवादी केन्द्रका रेशम स्याङ्बोले अध्यक्षमा र कांग्रेसका हिमाल श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
चौतारा सांगाचोकढी नगरपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाँउपालिका र बलेफी गाँउपालिकामा माओवादी र समाजवादीले तालमेल गरेका छन् । अरु स्थानिय तहमा भने नेकपा एमाले, नेपाली कांग्रेस , माओवादी केन्द्र तथा राष्टि«य प्रजातन्त्र पार्टीले आफ्नो आफ्नो एकल उम्मेदवार उठाएको छ ।
विवादका शृङ्रखला
चौताराको निर्वाचन अधिकृतको कार्यालयमा माओवादी कार्यकर्ताबीच टिकटको विषयमा विवाद हुदा झडपको अवस्था बन्यो । आक्रोसित कार्यकर्ताले नगपालिकाको भवनमा ढुङ्रगामुढा गर्नुका साथै झ्रयालका सिसा फुटाएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड अश्रु ग्यास प्रहार समेत गरेको थियो । दिउसो ३ बजेबाट अवरुद्ध मनोनय दर्ता प्रक्रीया साझ करिब ६ बजेबाट सुरु भयो । रातको २ बजे मात्र मनोनयन प्रक्रीया सकिएको थियो ।
यस्तै त्रिपुरा सुन्दरीका अध्यक्ष भुपेन्द्र श्रेष्ठले एमाले पार्टी परित्याग गरेको आक्रोशमा पिस्करमा मनोनयन दर्ता गर्न जाने क्रममा हात हालाहालको अवस्था समेत सिर्जना भएको थियो । एमालेका आक्रोसित समुहले श्रेष्ठ सहितको समुहलाई हातपात गर्न थालेपछि प्रहरीले सुरक्षा दिदै पार्टी कार्यालय हुदै बाह्रविसे पुराएका थिए ।
यसैगरी सुनकोसी गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्षको उम्मेदवार मन्जु नेपालले आफ्नै पार्टीका कार्यकर्ता माथी हातपात गरेकी थिइन् । केन्द्रको पहुचबाट नेपालले उपाध्यक्षको टिकट ल्याइन तर पालिकामा माओवादीसंग तालमेल गर्ने र उपाध्यक्ष माओवादीलाई दिने सहमती हुदै गर्दा बैठक बसेकै होटलमा पुगेर उनि सहितको टोलिले तोडफोड गरेको थियो ।
बागी उम्मेदवार
पार्टीले टिकट नदिएपछि चौतारा सांगाचोकगढी नगरपालिकामा निवर्तमान मेयर अमान सिंह तामाङले स्वतन्त्र उमेरद्धारी दिएका छन् । माओवादीमा सापकोटा परिवारवाद हाबी भएको तामाङको आरोप छ । हेलम्बुमा पनि कांग्रेसबाट विद्रोह गर्दै जिमि लामाले स्वतन्त्र उमेरद्रारी दिएका छन् । हेलम्बुमा पुरानै पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई कांग्रेसले उम्मेदवार बनाएपछि लामाले बिद्रोह गरेका थिए । यस्तै भोटेकोशी गाँउपालिकामा माओवादी केन्द्रबाट वडा नं २ का वडाध्यक्ष निर्वाचित भएका दिपेन्द्र कुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सो पालिकामा माओवादी केन्द्रले २०७४ सालमा निर्वाचित पालिका अध्यक्ष राजकुमार पौडेललाई टिकट दिएको थिए ।
पार्टी परित्याग
आकांक्षी ब्यवस्थापन गर्न जिल्लाका मुख्य राजनैतिक शक्तीलाई माहाभारत परेको थियो । पार्टिले टिकट नदिएपछि उम्मेदवार टुंगिएपछि त्रिपुरासुन्दरी गाँउपालिकाका निवर्तमान अध्यक्ष भुपेन्द्र श्रेष्ठले पार्टी परित्याग गरेका थिए । उनले पुनः आफु पालिका अध्यक्ष बन्ने दौडमा रहेका थिए । यस्तै जुगल गाँउपालिकामा २०७४ सालको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनि पराजित भएका जयबहादुर लामाले एमाले प्रवेश गरेर एमालेबाट पालिका अध्यक्षको उम्मेदवार बनेका छन् ।
भोटेकोशीमा पुरानै अध्यक्ष राजकुमार पौडेललाई टिकट दिएपछि अपाध्यक्ष दाबुटि शेर्पा, पालीका ईन्चार्ज आङछिरीङ शेर्पा सहित ७३ जनाले पार्टी छोडेको घोषण गरेका छन् । यस्तै आफुले वा आफ्नो सिफारीसको ब्यक्तीले टिकट नपाएपछि चौतारा सांगाचोकगढी नगरपालिका १४ का अध्यक्ष शेर वहादुर श्रेष्ठ, ७ का अध्यक्ष उमा प्रसाद दुलालले पार्टी छाडेको घोषण गरेका छन् ।
महिला नेतृ ओझेलमा
सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रबाट कृष्ण कुमारी कँुवरले अध्यक्षमा मनोनयन दर्ता गरेकी छिन् । राजनितिक दलबाट टिकट लिएर प्रमुख पदमा उमेरद्धारी दिने उनी एकमात्र हुन् । सिन्धुपाल्चोक जिल्लामा बहालवाला उपाध्यक्ष रहेका लिसंखुपाखर गाँउपालिकाकी हेमगङ्गा मोक्तान, त्रिपुरासुन्दरी गाँउपालिकाकी दुर्गादेवी नेपाल, जुगल गाँउपालिकाकी सिर्जना तामाङ, बलेफी गाँउपालिकाकी कमला कायस्थ ,चौतारा सांगाचोकगढीकी जानुका पराजुली, भोटेकोशी गाँउपालिकाकी दावुटि शेर्पाले प्रमुख पदको लागि पार्टीमा दावि प्रस्तुत गरेका थिए । यी बाहेक पाँचपोखरी थाङपाल गाउँपालिकामा पूर्व सांसद डोल्मा तामाङ, चौतारा साँगाचोकगढी नगरमा जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा सहित मेलम्ची नगरमा दुई जना महिलाहरु मेयर पदको आकाङ्क्क्षी थिए ।
हाई प्रेफाईल नेता स्थानिय तहमा
सिन्धुपाल्चोक जिल्लाको हाइप्रोफाइल बनाएका नेताहरु स्थानीय तहको नेतृत्वका लागि दौडिएका छन् । काभ्रे,सिन्धुपाल्चोक, दोलखाका ईन्चार्ज तथा केन्द्रिय सदस्य केष्ण प्रसाद सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर पदमा उमेरद्धारी दिएका छन् ।
ईन्द्रावती गाउँपालिकामा विकास लामाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेस पुर्व जिल्ला सभापती संगै कांग्रेसको केन्द्रिय महाधिवेसनमा महामन्त्रीको उमेरद्धार समेत बनेका थिए । उनको प्रतिपक्षको लागि नेकपा एमालले पर्व जिल्ला अध्यक्ष झम्क नेपाललाई अगाडी सारेको छ । स्थानिय तहमा माथील्लो कमिटीका लिडरले आँखा लगाएपछि नयाँ पुस्ताले के को लागि राजजीति गर्ने भन्दै विद्रोह समेत गरेका छन् ।
पुनः पुरानै अनुहार
५ वर्ष जनप्रतिनिधिका रपमा काम गरेका पुरानै अनुहार २ पालिकाको नेतृत्वमा दोहोरीएका छन् ।