यातायात विकास प्राधिकरण बनाउन लागि पर्छु: पुष्पकमल दाहाल

.

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागिपर्ने बताउनुभएको छ ।

 

बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको सपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यातायात क्षेत्रको समस्या समाधानका लागि यातायात विकास प्राधिकरण बनाउन सकिने बताउनुभएको हो ।

 

प्राधिकरण बनाएमा समस्या समाधान गर्नका लागि राज्यको ध्यान केन्द्रीत गर्न सकिने भन्दै उहाँले यसको निम्ति आफुले ध्यान केन्द्रीत गर्ने बताउनुभयो । उहाँले सरकार र सत्तारुढ गबन्धनलाई पनि प्राधिकरण गठनका निम्ति ध्यान केन्द्रीत गराउने उल्लेख गर्नुभयो ।

News Agency Nepal