भरतपुरमा आज सत्ता गठबन्धनको चुनावी सभा हुँदै

.

 चितवन – आज चितवनको भरतपुर महानगरपालिकामा पाँचदलीय सत्तारुढ गठबन्धनले  संयुक्त चुनावी सभा गर्दैछन् । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले उक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

 

आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुर बुधबार नै पुगिसकेका छन् । त्यस्तै अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल पनि भरतपुर पुगिसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस महामन्त्री गगनकुमार थापालगायतका नेताहरु आज भरतपुर जादैँछन् ।

 

 

गठबन्धनबाट भरतपुर मेयरका लागि माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार छिन् भने उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।