काठमाडौं – नेपाली कांग्रेसले बागी उम्मेदवारको विवरण तत्काल पठाउन निर्देशन दिएको छ। कांग्रेसले बागी उम्मेदवारहरुको विवरण तत्काल पठाउन जिल्ला समितिलाई निर्देशन दिएको हो ।
यहि वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धनका आधिकारिक उम्मेदवार विरूद्ध कांग्रेसको तर्फबाट बागी उम्मेदवारी परेको छ। सोही विवरणहरु तत्काल पठाउनको लागि जिल्ला समितिलाई निर्देशन दिएको हो।
पार्टीका र गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेहरू तथा तिनीहरूका प्रस्ताव र समर्थकको पार्टी सदस्यता स्वतः पाँच वर्षका लागि खारेज हुने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ।