नेपालको उत्कृष्ट बलिङमा जिम्बावे ‘ए’ ८७ रनमै अलआउट

.

काठमाडौं – नेपालको सानदार बलिङका सामू निरीह रहेको जिम्बावे ‘ए’ले दोस्रो एकदिवसीयमा झिनो लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले ३१.५ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको हो ।

 

 

 

जिम्बावेका जोह्नाथान ब्याम्पवेलले सर्वाधिक २७ रन जोड्नुबाहेक अन्य ब्याट्म्यान क्रिजमा टिक्न सकेनन् । जिम्बावेको टोलीमा दोहोरो अंक जोड्ने खेलाडीकोसमेत संकट पर्यो । तीव्र गतिका बलर करण केसीको इनिङको पहिलो बलम ओपनर इनोसेन्टलाई आसिफ शेखबाट क्याच आउट गरेसँगै जिम्बावेले सुरुवात मै राम्रो प्रदर्शन गर्न सकेन । चेपाश झुवाओले १० रन तथा ब्राड्ली इभान्सले २० रनमा अविजित रहे ।

 

 

बलिङतर्फ नेपालका तीव्र गतिका बलर करण केसी र सोमपाल कामीले समान ३/३ विकेट लिए । त्यस्तै, कप्तान सन्दीप लामिछानेले २ विकेट तथा सागर ढकालकाे नाममा एक विकेट रह्याे ।

 

 

नेपाल आजको खेलमा जित निकाल्दै सिरिजमा बराबरी गर्न चाहन्छ भने जिम्बावे लगातार दोस्रो जितका साथ उपाधिमा कब्जा जमाउने दाउमा छ । पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो ।