यही चैत्र २७ गते प्रतिनिधि सभाका सभामुखको निर्वाचन हुने भएको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचनको मिति तोक्नुभएको हो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ उपनियम २ बमाजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गरिएको उहाँले बताउनु भयो ।
संघीय संसद सचिवालयले आजै सो निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ । सभामुख अर्यालले सो निर्वाचनको कार्यतालिकाको सूचना प्रकाशित गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिनुभयो । –न्युज एजेन्सी नेपाल